इन्टरनेट
बादशाहका रुपमा स्थापित गुगल केवल सर्च इन्जिनमात्र हैन । गुगलसँग यस्ता
रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा
नहुनसक्छ ।
गुगललाई तपाइँले टाइमरका रुपमा, बिभिन्न
हिसावकिताव राख्न, उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न पनि
प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो
केही सुपर कुल फिचरहरुबारे आज हामी यहाँ जानकारी दिँदै छौं ।
१. केही कुरा सम्झिन वा
तुरुन्त नोट गर्न तपाइँले मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरु प्रयोग
गर्नुभएको होला । तर, गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि तपाइँले
सवै नोट एपलाई बिर्सनुहुने छ । डेक्सटप र मोवाइलका लागि उपयुक्त यो एपमा
तपाइँले आफ्ना कामहरुबारे सुन्दर ढंगले क्रमबद्ध राख्न सक्नुहुन्छ ।
यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न र नोट आफ्ना साथीलाई सेयर गर्न पनि यो निकै उपयोगी छ ।
हेर्नुहोस् भिडियोगुगल किप ट्राइ गर्ने ? यहाँ क्लिक गर्नुहोस्
२. जीमेल केवल इमेल
सेवामात्र रहेन इमेल एकीकृत गर्ने एप पनि हो । अर्थात् तपाइँले अब याहु,
आउटलुक वा मेल डटकमको अकाउन्ट पनि जिमेल एपमा खोल्न सक्नुहुन्छ । यसअघि
आउटलुकले ल्याएको यस्तै एप निकै लोकपि्रय भएको थियो । जहाँ तपाइँले जीमेल,
याहु र अन्य इमेल सेवाको इमेल लिंक गरेर चलाउन सक्नुहुन्थ्यो ।
अब तपाइँले याहु वा आउटलुक इमेल ठेगाना
पनि जिमेलबाट चलाउन सक्नुहुन्छ । र, सवैभन्दा महत्वपूर्ण कुरा तपाइँले
जीमेल अकाउन्ट चलाउँदा जे-जे सुविधा पाउनुहुन्थ्यो, ती अधिकांश सुविधा यो
एपमा पनि पाइन्छ ।
३. आफ्ना प्रयोगकर्तालाई सौर्य प्रबिधिको प्रयोगमा
प्रोत्साहित गर्न गुगलले ‘गुगल सनप्रुफ’ नाम परियोजना सुरु गरेको छ ।
गुगलको यो वेब टुल प्रयोग गरेर तपाइँले आफ्नो घरमा कति खर्चमा सोलार जोडन
सकिन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।
४. गुगललाई केवल सर्च
इन्जिनमात्र मान्नु सर्वथा गल्ती हुनेछ । तपाइँले गुगलको प्रयोग टाइमरका
रुपमा पनि गर्न सक्नुहुन्छ । गुगल सर्चमा गएर टाइम टाइप गरेर त्यसपछि टाइमर
लेख्नुभयो भने निर्धारित समयपछि यसले तपाइँलाई समय सकिएको सूचना दिने छ ।
- See more at: http://www.onlinekhabar.com/2016/02/394373/#sthash.TJsNgBTJ.dpuf


No comments:
Post a Comment