रुख मान्छे’को शल्यक्रिया सुरु
रुख मान्छे’को शल्यक्रिया सुरु
-स्वास्थ्य खबरपत्रिका
एजेन्सी ।
अनौठो रोगका कारण ‘रुख मान्छे’को उपमा पाएका बंगलादेशका एक पुरुषको हातमा
पलाएका हाँगा फाल्न एक दर्जनबढी शल्यक्रिया गर्नुपर्ने आवश्यकत भएको
चिकित्सकहरुले जनाएका छन् ।
चिकित्सकहरुको एउटा समूहले अब्दुल
बजान्डरको दाँया हात र खुट्टामा पलाएका हागा जस्तै छालाको शल्यक्रिया गरेको
ढाका मेडिकल कलेज (डीएमसीएचक ) का निर्देशक समान्ता लाल सेनले बताए ।
हातका सम्पूर्ण औला र खुट्टामा पलाएका ५
किलो बढी तौलको भारका कारण शरिरमा थप बोझ थामेका २६ वर्षीय बजान्डरलाई गत
महिना एउटा अस्पतालमा भर्ना गरिएको थियो । ‘उसको हत्केलाबाट केही
गाँठाझिकेका छौ । गत साता शल्यक्रिया गरेको उसको औलाको ड्रसिङ पनि गरेका छौ
। उसमा अहिले केही सुधार आएको छ,’ डा सेनले भने ।
उनको शरिरमा पलाएका मुसा जस्ता गाँठा
(हाँगा)बाट मुक्त पाउन उनको १५ ओटा शल्यक्रिया गर्नुपर्ने र यसको लागि ६
महिनादेखि १ वर्षसम्म लाग्ने प्राप्त समाचारमा जनाइएको छ ।
वंगलादेशको दक्षिणी जिल्लाका स्थायी
बासिन्दा बजान्डरलाई इपिर्डमोडाप्लासिया भेरुसिफमिस नामक निकै दुर्लभ
वंशानुगत रोग लागेको बताइन्छ । उनलाई निकै दुर्लभ छाला सम्बन्धि रोग अर्थात
इपिर्डमोडाप्लासिया भेरुसिफमिस भएको छ,। यस रोगले छालको बृद्धिको जोखिम
हुने बताइन्छ ।
‘यसलाई रुख मान्छे रोग भनिन्छ’ डीएमसीएचका
निर्दैशक सेनले बताए । ‘अहिले सम्म मैले थाह पाएसम्म विश्वभर अबुल बजान्दर
लगायत तीन जनामा यो रोग देखिएको छ । यो दुर्लभ रोग पहिलो पटक वंगलादेशमा
देखिएको होे ’, उनले भने । यसअघि इन्डोनेसियाको एक गाउलेको शरिरभर हाँगा
आउने समस्या देखिएपछि सन् २००८ मा उनको शल्यक्रिया गरिएको थियो ।
उनको शरिरमा पलाएको गाँठा हेर्न खुलनास्थित उनको घरमा मानिसहरुको भिड
- See more at: http://swasthyakhabar.com/2016/02/40242.html#sthash.WUQF9GU5.dpuf
No comments:
Post a Comment