Monday, February 29, 2016

शरीरका विकार फाल्न के खाने ?

अस्वास्थ्यकर खानपिन, रहनसहन आदिका कारण शरीरमा जम्मा हुने विकारले विभिन्न रोग निम्त्याउँछ । शरीरलाई विकाररहित बनाउन अथवा शरीरमा विकारको मात्रा कम गर्न यस्ता खाना खाने गर्नुपर्छः
कागती
बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।
दही
खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दही राम्रो एन्टिअक्सिडेन्ट हो । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त हुन्छन् ।
ग्रिन टी
ग्रिन टी पनि उत्तम एन्टिअक्सिडेन्ट हो । बिहान एक कप र दिउँसो एक कप ग्रिन टी लिने गरेमा शरीर विकाररहित त हुन्छ नै, रगतमा चिनीको मात्रा पनि नियन्त्रित हुन पुग्छ ।
आलस
आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।
गहुँको जमरा
गहुँको जमरामा पाइने तŒवले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ  । साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने आदि पनि गर्छ ।
अदुवा
अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यही भएर हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने बानी बसाल्नुपर्छ ।
धनियाँ
धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई पनि यसले हटाउँछ । धनियाँ खाइरहने गर्दा मिर्गाैला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुने पनि हुन्छ ।
- See more at: http://swasthyakhabar.com/2016/02/39677.html#sthash.zKrs6MYX.dpuf

रुख मान्छे’को शल्यक्रिया सुरु

रुख मान्छे’को शल्यक्रिया सुरु

रुख मान्छे’को शल्यक्रिया सुरु

प्रकाशित मिति:२०७२ फागुन १७ गते ९:१६
 225  1 Google +0
-स्वास्थ्य खबरपत्रिका
tree man storyएजेन्सी । अनौठो रोगका कारण ‘रुख मान्छे’को उपमा पाएका बंगलादेशका एक पुरुषको हातमा पलाएका हाँगा फाल्न एक दर्जनबढी शल्यक्रिया गर्नुपर्ने आवश्यकत भएको चिकित्सकहरुले जनाएका छन् ।
चिकित्सकहरुको एउटा समूहले अब्दुल बजान्डरको दाँया हात र खुट्टामा पलाएका हागा जस्तै छालाको शल्यक्रिया गरेको ढाका मेडिकल कलेज (डीएमसीएचक ) का निर्देशक समान्ता लाल सेनले बताए ।
हातका सम्पूर्ण औला र खुट्टामा पलाएका ५ किलो बढी तौलको भारका कारण शरिरमा थप बोझ थामेका २६ वर्षीय बजान्डरलाई गत महिना एउटा अस्पतालमा भर्ना गरिएको थियो । ‘उसको हत्केलाबाट केही गाँठाझिकेका छौ । गत साता शल्यक्रिया गरेको उसको औलाको ड्रसिङ पनि गरेका छौ । उसमा अहिले केही सुधार आएको छ,’ डा सेनले भने ।
उनको शरिरमा पलाएका मुसा जस्ता गाँठा (हाँगा)बाट मुक्त पाउन उनको १५ ओटा शल्यक्रिया गर्नुपर्ने र यसको लागि ६ महिनादेखि १ वर्षसम्म लाग्ने प्राप्त समाचारमा जनाइएको छ ।
वंगलादेशको दक्षिणी जिल्लाका स्थायी बासिन्दा बजान्डरलाई इपिर्डमोडाप्लासिया भेरुसिफमिस नामक निकै दुर्लभ वंशानुगत रोग लागेको बताइन्छ । उनलाई निकै दुर्लभ छाला सम्बन्धि रोग अर्थात इपिर्डमोडाप्लासिया भेरुसिफमिस भएको छ,। यस रोगले छालको बृद्धिको जोखिम हुने बताइन्छ ।
‘यसलाई रुख मान्छे रोग भनिन्छ’ डीएमसीएचका निर्दैशक सेनले बताए । ‘अहिले सम्म मैले थाह पाएसम्म विश्वभर अबुल बजान्दर लगायत तीन जनामा यो रोग देखिएको छ । यो दुर्लभ रोग पहिलो पटक वंगलादेशमा देखिएको होे ’, उनले भने । यसअघि इन्डोनेसियाको एक गाउलेको शरिरभर हाँगा आउने समस्या देखिएपछि सन् २००८ मा उनको शल्यक्रिया गरिएको थियो ।
उनको शरिरमा पलाएको गाँठा हेर्न खुलनास्थित उनको घरमा मानिसहरुको भिड
- See more at: http://swasthyakhabar.com/2016/02/40242.html#sthash.WUQF9GU5.dpuf

गुगलका १४ अनौठा सुविधा जुन तपाइँलाई थाहा नहुनसक्छ

इन्टरनेट बादशाहका रुपमा स्थापित गुगल केवल सर्च इन्जिनमात्र हैन । गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।
गुगललाई तपाइँले टाइमरका रुपमा, बिभिन्न हिसावकिताव राख्न, उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही सुपर कुल फिचरहरुबारे आज हामी यहाँ जानकारी दिँदै छौं ।
१. केही कुरा सम्झिन वा तुरुन्त नोट गर्न तपाइँले मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरु प्रयोग गर्नुभएको होला । तर, गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि तपाइँले सवै नोट एपलाई बिर्सनुहुने छ । डेक्सटप र मोवाइलका लागि उपयुक्त यो एपमा तपाइँले आफ्ना कामहरुबारे सुन्दर ढंगले क्रमबद्ध राख्न सक्नुहुन्छ ।
Google-Keep
यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न र नोट आफ्ना साथीलाई सेयर गर्न पनि यो निकै उपयोगी छ ।
हेर्नुहोस् भिडियो
गुगल किप ट्राइ गर्ने ? यहाँ क्लिक गर्नुहोस्
२. जीमेल केवल इमेल सेवामात्र रहेन इमेल एकीकृत गर्ने एप पनि हो । अर्थात् तपाइँले अब याहु, आउटलुक वा मेल डटकमको अकाउन्ट पनि जिमेल एपमा खोल्न सक्नुहुन्छ । यसअघि आउटलुकले ल्याएको यस्तै एप निकै लोकपि्रय भएको थियो । जहाँ तपाइँले जीमेल, याहु र अन्य इमेल सेवाको इमेल लिंक गरेर चलाउन सक्नुहुन्थ्यो ।
Google-outlook
अब तपाइँले याहु वा आउटलुक इमेल ठेगाना पनि जिमेलबाट चलाउन सक्नुहुन्छ । र, सवैभन्दा महत्वपूर्ण कुरा तपाइँले जीमेल अकाउन्ट चलाउँदा जे-जे सुविधा पाउनुहुन्थ्यो, ती अधिकांश सुविधा यो एपमा पनि पाइन्छ ।
३. आफ्ना प्रयोगकर्तालाई सौर्य प्रबिधिको प्रयोगमा प्रोत्साहित गर्न गुगलले ‘गुगल सनप्रुफ’ नाम परियोजना सुरु गरेको छ । गुगलको यो वेब टुल प्रयोग गरेर तपाइँले आफ्नो घरमा कति खर्चमा सोलार जोडन सकिन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।
google-sunproof
४. गुगललाई केवल सर्च इन्जिनमात्र मान्नु सर्वथा गल्ती हुनेछ । तपाइँले गुगलको प्रयोग टाइमरका रुपमा पनि गर्न सक्नुहुन्छ । गुगल सर्चमा गएर टाइम टाइप गरेर त्यसपछि टाइमर लेख्नुभयो भने निर्धारित समयपछि यसले तपाइँलाई समय सकिएको सूचना दिने छ ।
- See more at: http://www.onlinekhabar.com/2016/02/394373/#sthash.TJsNgBTJ.dpuf

पैसासहित श्रीमती प्रहरीसँग भागेपछि…

कालीकोट– जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमानले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् ।
जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
मलेसियामा रहेका लल्तेले शान्तिका नाममा विभिन्न समयमा आइएमइमार्फत रकम रु सात लाख पठाएको अभिभावकले बताएका छन् ।
नेपालगन्ज घर भएका प्रहरी जवान सहिष मनियारले शान्ति तिरुवालाई भगाएर स्थानीय जिते बजारमा हिँड्दै गरेको अवस्थामा शान्ति तिरुवाका ससुरा कलौरा तिरुवाले थाहा पाएपछि पक्राउ गरी प्रहरीलाई बुझाएको तर उनीसँग रकम नभेटिएको बताइएको छ ।
आफूलाई विदेशबाट श्रीमान्ले केही रकम घर खर्चका लागि पठाएको भएपनि रु सात लाख भने नपठाएको शान्तिले बताएकी छन् । अहिले मनियारलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी विभागीय कारबाहीका लागि प्रक्रियाअघि बढेको इलाका प्रहरी कार्यालय स्युनाका निमित्त कार्यालय प्रमुख तथा असई कुलबहादुर खड्काले जानकारी दिएका छन् ।
शान्ति तिरुवालाई भने मनियारको जिम्मा लगाइएको छ ।
- See more at: http://www.ratopati.com/news/34420/#sthash.U3VHmkdV.dpuf

काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ : बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसको महाधिवेशन पछि केपी ओली नेतृत्वको सरकार परिवर्तन हुने दाबी गरेका छन् ।Narayan_Man_Bijukchhe
आईतबार रफत सञ्चार क्लबले
सुर्यविनायकमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै नेता बिजुक्छेले भने, “काँग्रेसको महाधिबेशन पछि काँग्रेसकै नेतृत्वमा एमाओवादी, मधेसवादी, एमाले लगायत अन्य दलहरुको सहकार्यतामा सरकार निर्माण हुनेछ ।’
नेपाली काँग्रेसको महाधिबेशनको प्रचार प्रसारलाई हेर्दा कार्यकारी राष्ट्रपतिको अभिनय भइरहेको र एमालेभित्र सबै समकक्षी भएकाले र एमाओबादी फुटेकाले समेत काँग्रेसले कार्यकारी राष्ट्रपतिको अवधारणालाई अग्रसरता दिने उनको भनाई छ ।
प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र नेपालीका लागि कुनै फरकपन देखा नपरेको भन्दै बिजुक्छेले भारतसँगको सम्बन्ध सुधारका लागि ओली असफल भएको बताए । उनले भारतले इशारा नगरेसम्म तराईमा भइरहेको आन्दोलन नरोकिने पनि दाबी गरे ।
“सरकारले तराई आन्दोलनका क्रममा बिभिन्न बहाना बनाएर जसरी प्रहरी चौकी र सेना फिर्ता बोलाएर तराईको जनधनको असुरक्षा बढाएको छ त्यो सरासर गलत भएको छ,’ बिजु्क्छेले भने”।
स्थानिय निकायको निर्वाचन जति सक्यो छिटो गर्न सके त्यसले पुनर्निर्माणमा सहयोग गर्नुका साथै मधेश र जनजातीको आधा समस्या समेत सम्बोधन हुने उनले बताए ।
- See more at: http://www.ratopati.com/news/34234/#sthash.Z2CLyHE1.dpuf

६० वर्षे उमेरमा देशभित्रै देश चिनाउने लक्ष्मीनारायणको अभियान

भक्तपुर – मुलुकभित्रै हराउँदै गएको राष्ट्रियता जगाउन र नेपाली झण्डा चिनाउनको लागि भन्दै एक वृद्ध राष्ट्रिय झण्डा बोकेर हिँडेको ४ महिना पुरा हुन लागेको छ ।
भक्तपुर नगरपालिका वडा नं. १३ खौमामा वि.स २०१३ साल फागुन ३० गते जन्मिएका लक्ष्मी नारायण शिल्पकार ६० वर्षको उमेर देश भित्रनै देश चिनाउने महान अभियानमा लागेको हुन् ।
jhanda bje1
शिल्पकारहरुको पुर्खौली पेशा अगाल्दै आएका लक्ष्मी नारायण पछिल्लो समय नेपालीले नेपाललाई भुल्न थालेको देखेर निकै चिन्तित भए ।त्यसैले स्वदेश र विदेशमा रहेको आम नेपालीलाई नेपालीपन बारे जाउने मनसाय राख्दै उनी यो अभियानमा लागेको बताउँछन् ।
चन्द्र सुर्य अड्ढित रातो, निलो र सेतो रङ्ग मिलेर त्रिकोण आकारमा बनेको नेपालको झण्डालाई नै धेरैले राजनितिक पार्टीको झण्डा ठान्ने मानसिकता हटाउन उनी ९ फिट आधा उचाई भएको झण्डालाई १२ फिट उचाई भएको डण्डीमा राखेर नेपालका ४६ जिल्ला पुगिसकेका छन् ।
भुकम्प र नाकाबन्दीमा परेको नेपाली मनलाई देश प्रेम जगाउने उद्देश्य लिएर २०७२ मसिंर १ गते पूर्वको ताप्लेजुङ्ग जिल्लाबाट लक्ष्मी नारायणले यो अभियान थालेको थिए ।
साना साना झण्डाको स्टिकर बनाएर उनले यो अभियानमा भेट भएका प्राय सबैलाई बाँढ्ने समेत गर्दछन् ।
आफ्नो स्वविबेकले थालेको उनको यो अभियानमा धेरै नेपालीले माया गरेकोमा आफु निकै हर्षित भएको उनले कुराकानीको क्रममा रातोपाटीलाई बताए ।
‘मैले आज सम्म यो अभियानका अरुको सहयोग लिएको छैन, आशा छ अब बाकीँ जिल्ला पनि म यसरी नै पुग्न सक्ने छु,’ लक्ष्मी नारायणले भने ।
सडक सञ्जाल भएका जिल्लामा यातायातका साधनबाट र नभएका जिल्लाहरुमा पैदल नै अभियान गर्ने गरेको उनले जानकारी दिए ।
सबै जिल्लाका सदरमुकाममा आफु पुगेका र अब पनि बाकीँ जिल्लाहरुमा विगतमा जसरी नै पुग्ने लक्ष्मी नारायणको तयारी रहेको छ ।
युवा शक्ति कामको खोजीमा विदेशिने क्रमले गाउँघर शुन्य र खेतबारी बाझोँ भएको देख्दा आफुलाई नरमाइलो लागेको उनले बताए ।
“मैले आफ्नो सन्तान बाहेक अरुसंग नगद सहयोग मागेको छैन्, कसैले दिन चाहे मैले भन्ने गरेको छु तपाईकोमा जे पाक्छ मलाई त्यही खुवाउनु होस” भन्ने गरेको उनले बताए । jhanda bje 3
यो अभियानमा विभिन्न जिल्लाका संञ्चारकर्मीले आफूलाई गरेको सहयोग भन्दै उनले प्रशंसा समेत गरे ।
यो उमेरमा तपाईँमा कुनै स्वास्थ्य समस्या छ कि छैन भन्ने हाम्रो जिज्ञासामा उनी यसो भन्नछन् ‘अहिले सम्म धुम्रपान र मध्यपान नगरेकाले होला मलाई कुनै समस्या छैन् तर आखाँमा भने सामान्य समस्या छ ।’
२ छोरा र एक छोरीका पिता उनको जिवनसंगी भने ८ वर्ष अगाडी स्वर्गवास भइसकिन् ।
“मेरो यो कार्य मेरा सन्तानहरुलाई मन परेको छ उनिहरुले मलाई खर्च नपुग्दा फोन गरेपछि सम्बन्धीत स्थानमा पठाएदिने गरेका छन्” उनले भने ।
उनले श्रीमती मैया देबीको नाममा भक्तपुरमा क्रियाशिल एक जना पत्रकाकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने उद्देश्यले मैयाँ देबी शिल्पकार पत्रकारीता सम्मान नामक अक्षयकोष स्थापना समेत गरेका छन् ।
हिमाली जिल्लामा मौसको कारणले केही समय जान समस्या हुने भएकाले २०७३ बैशाखसम्ममा आफ्नो अभियान सक्ने तयारीमा रहेको लक्ष्मीनारायणले बताए ।
- See more at: http://www.ratopati.com/news/34210/#sthash.wbOgK7lp.dpuf